प्रधानमन्त्री दाहालको भ्रमण : न्यूयोर्क हुँदै उतैबाट चीनमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने
- श्रावण २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । ‘प्रधानमन्त्रीज्यूको न्यूयोर्क र चीन भ्रमणको तयारी भइरहेको छ,’ मन्त्रालय स्रोतले, ‘मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नगरिसकेकाले धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’
यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधनको मिति र चीन भ्रमणको मिति (सेप्टेम्बर २३) एकैदिन परेपछि प्रधानमन्त्री दाहाल कहाँ जाने भन्ने द्विविधामा थिए । तर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने मिति संशोधनका लागि राष्ट्रसंघलाई अनुरोध गरेको थियो । सो अनुरोधपछि प्रधानमन्त्री दाहालले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको स्रोतले बतायो ।
महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ । महासभालाई सम्बोधन अघि सेप्टेम्बर १८ र १९ मा दिगो विकास सम्बन्धी सम्मेलनमा पनि सहभागी हुनुपर्ने भएकाले प्रधानमन्त्री दाहाल त्यस अगाडि नै न्यूयोर्क प्रस्थान गर्न सक्ने स्रोतले बतायो । न्यूयोर्कमा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग साइडलाइन वार्ता गर्ने गृहकार्य भइरहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट सिधै चीन जाने तयारीमा छन् । चीनमा उनी १९ औं एसियाली खेलकुदमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने छन् ।
विभिन्न विषयगत मिटिङहरु पनि हुने भएकाले सम्बन्धित विषयमा जानकारी राख्नेहरुलाई पनि लैजानैपर्ने कुरा चलिरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments