सिआईबीको ‘अपरेसन फोक्सट्रोट’ : प्रहरीले नक्कली भन्दै सक्कली चिकित्सक यादवलाई पक्राउ गरेर छोड्यो
- श्रावण २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साउन २५ गते नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य समेत रहेका मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ परेर अदालतको आदेशमा थुना मुक्त भए ।
भ्ने शर्मा सँगै सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो । त्यसमा बारा घर भएका चिकित्सक रञ्जित कुमार यादव प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको थुनाबाट मुक्त भएका छन्।
एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो।
पक्राउ परेकामध्ये प्रतिनिधि सभा सदस्य शर्मा बाहेक अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप अनुमति दिएको थियो। अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि बारा घर भएका डाक्टर यादव सक्कली भएको पाइएको हो। यादव सक्कली भएको थाहा भएपछि सीआईबीले उनलाई हतार हतार रिहा गर्ने प्रक्रिया अगाडि बढाएको थियो। नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो।
काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो। रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments