अनितादेवीको नसोचेको यात्रा : पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केन्द्रिय मन्त्री सम्म बनायो

- श्रावण २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जीवनमा नसोचेको कुरा मानव जीवनमा हुन्छ भन्ने कुरालाई जनमत पार्टीकी नेतृ अनितादेवीले थाहा पाएकी छिन् । उनलाई एक क्षण पनि लागेको थिएन कि उनी देशको केन्द्रिय सत्तामा यति चाँडै पुग्छु भनेर ।
तिनै अनितादेवी अहिले केन्द्रिय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छिन् । उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता अमनलाल मोदीको ठाउँमा प्रतिस्थापन गरेका छन् ।
मधेश राजनीतिमा त्यो पनि जनमत पार्टीको तर्फबाट केही वर्ष अघि मात्र होमीएकी अनितादेवीको निर्वाचनको अनुभव भनेको २०७९ वैशाख ३० नै हो । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमतबाट उम्मेदबार बनेकी थिइन् । तर, पार्टी नयाँ र धरातल कमजोर हुँदा करिब १५ सय मत मात्र पाइन् । जसले जमानत समेत जोगाउन मुस्किल पर्यो अनितादेवीलाई । तर भाग्यशाली उनी मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा जनमत पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाइन् र अहिले मन्त्रीसमेत बनिन् ।

पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत ग¥यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतक समेतको जिम्मेवारीमा छिन्
डा. सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको अभियान चलाउँदा प्रभावित भएर २०१४ मै उनी पनि त्यही अभियानमा लागे ।
डा. राउतले पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा आए र जनमत पार्टी खोले । त्यसपछि अनिताले खुलेर पार्टीको झण्डा बोकिन् ।
पहिले नेपाली कांग्रेसका समर्थक रहेकी अनितादेवीको परिवारमा कोही सक्रिय राजनीतिमा भने थिएनन् । परिस्थितिले राजनीति गर्न बाध्य बनाएको रहेछ अनितादेवीलाई । मूलधारको राजनीतिमा आउँदा पार्टीको विचार सिद्धान्तबाट प्रभावित भएर समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भनेर झण्डा बोकेको उनको भनाइ छ ।

पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत ग¥यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतकसमेतको जिम्मेवारीमा छिन् ।
धनुषाको औरही गाउँपालिका–६ चक्कर टोलका इन्जिनियर बुबा एमुना साह र आमा स्वर्गीय दिव्यकला देवीका चार छोरी मध्येकी साहिली हुन् अनिता । बुबा जागिरे हुँदा सँगै बसेर काठमाडौंको थापाथलीस्थित गुजेश्वरी माविबाट कक्षा ८ सम्म पढेकी उनले गाउँकै शंकर जनता मावि चक्करबाट एसएलसी पास गरेकी छन् । जनकपुर नाइट कलेजबाट अनिताले प्लस टु र त्यसपछि हेल्थ विषय लिएर स्नातक गरेकी छन् ।
कक्षा ९ मा पढ्दै गर्दा अनिताको २०५५ सालमा सबैलाका रामदेव साह र लालो देवीकी जेठो छोरा सञ्जयसित सामाजिक परम्परा अनुसार मागी विवाह भएको थियो । ओरेक नेपालको सदस्यदेखि सल्लाहकारको भूमिकासम्म निर्वाह गरेकी अनिता जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको सदस्यको रुपमा काम गरिन् । ‘झण्डै डेढ दशकसम्म विभिन्न गैरसरकारी संस्थामा आबद्ध हुँदा समाजको वास्तविक समस्या बुझिन र राजनीतिमा लागिन त्यसैले पार्टीमा आवद्ध भएदेखि सक्रियता र लगनशील भएर काम गरिरहेकी छिन् अनितादेवीले ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर