
सम्पादकीय :उपप्रधान एवं गृहमन्त्री नारायणकाजीका देखाउने र चपाउने दाँतले उब्जाएको प्रश्न
- श्रावण ३०, २०८० मा प्रकाशित

२९ साउन ।
शान्तिवार्ताको झोला बोकेर उपत्यकामा शान्तिको वार्ता गर्दै राज्यलाई जनयुद्धबाट पार लगाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसै आफनो दललाई सामूहिक राजनीतिक दलका रुपमा रुपान्तरित गरे । त्यसपछिका दिनहरुमा सत्ता र राज्यका सुख सुविधाले बिगतमा गरेका वाचाहरु विस्तारै बिस्मृत हुन् थाले ।
भने उनी र उनका दलका नेताहरुलाई राज्य दोहन गर्ने राम्रै मौका मिल्यो । त्यसमाथि जहिले राज्य सत्तामा प्रधानमन्त्री दाहालले आफनो पाउ राख्थे । उनका दरसन्तानहरुमा राज्यको ढुकुटी स्वाहा पार्ने र कसरी आर्थिक आफनो अब्बलता हासिल गर्ने सोच मात्र हुने गथ्र्यो ।
सत्ता र शासनको भूतले प्रधानमन्त्री दाहाल लगायत उनका दलका एक से एक नेताहरुलाई यसरी छोयो कि त्यो अब आजन्म नमेटिने भएको छ । अहिले बिगतमा अरुलाई सामन्ती र शोषकको संज्ञा दिने प्रधानमन्त्री दाहाल आफै यसका मतियार भएका छन् ।
माहुरीले छोपेर राखेको शासन र सत्तालाई पनि धपाएर माहुरीको मिठो महको स्वादमा लिन पल्केका प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीमा उपाध्यक्ष महरा उनका छोरा राहुल माथि अनुसन्धान गर्ने आँट छैन पनि । यदी आँट हुँदो हो भने पनि उनीहरुले यो अनुसन्धान अगाडी बढाउँदैन् । बरु सुन काण्डको माहोललाई परिवर्तन गर्ने तर्फ प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीको ध्यान केन्द्रित हुने कुरा स्पष्ट छ ।

यो प्रकरणमा प्रहरी र सरकारी वकिल कार्यालयले नै अस्वाभाविक नीति लिएका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सुन तस्करीको विवरण कागज, अनुसन्धानका क्रममा खुल्न आएको ९ केजी ११.५२४ ग्राम सुनको बजार मूल्य ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रहेको भन्ने काठमाडौं सुनचाँदी व्यवसायी संघको पत्र र कल डिटेल रेकर्ड संलग्न छ ।
प्रहरीले महरा बाबुछोराले गिरोहका विभिन्न व्यक्तिसँग २ सय ५६ पटक संवाद गरेको भन्दै प्रहरीले ‘लिंक चार्ट’ नै बनाएको छ । त्यतिमात्र होइन, कृष्णबहादुर महरा र राहुल महरा पनि तस्कर समूहमा संलग्न भएका किटान नै प्रतिवेदनमा गरिएको छ । यही विवरण अदालतमा पेस गरिएको अभियोजनपत्रमा पनि उल्लेख छ ।
तर सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको उच्च्चस्तरीय छानबिन समितिको मागलाई अनुसन्धानमा अवरोध पुर्याउनु मात्र भएको ठहर गर्दै गठबन्धनले यस्तो निर्णय लिएको हो ।
सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मल को नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलको मोबाइलबाट २ सय ३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ ।
त्यतिमात्र होइन, महरा बाबुछोरा यो प्रकरणमा संलग्न रहेको भनेर पनि प्रतिवेदनमा स्पष्ट उल्लेख छ । तर, प्रहरीले न उनीहरूमाथि अनुसन्धान गरेको छ, न पार्टीले नै केही कारबाही गरेको छ । सुन तस्करी प्रकरणमा महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने जवाफ दिएका थिए । यसबाट के पनि प्रमाणित हुन्छ गृहमन्त्री नारायणकाजीका देखाउने र चपाउने दाँत अलग अलग छन् । जसलाई उनले राम्ररी प्रयोग गरिरहेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
-
चैत्र २९, २०८१लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने : गृहमन्त्री लेखक
-
चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
-
लोकप्रिय चैत्र २९, २०८१लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने : गृहमन्त्री लेखक
-
लोकप्रिय चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
लोकप्रिय चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
Comments