•  ११ पुष २०८१, बिहीबार

कांग्रेसको बिशेष आन्तरिक अभियान : शुद्धिकरण, युवाको पहिचान र आवश्यकतामा जोड

- श्रावण ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय बाट प्राप्त परिपत्र अनुरुप नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि ’बिशेष आन्तरिक अभियान’ अन्तरगत काठमाडौं क्षेत्र नं २ प्रदेश सभा ’क’ क्षेत्रीय समिती को बिशेष बैठक सम्पन्न भएकोे छ ।
केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका सह- महामन्त्री भिष्मराज आङ्देम्बे , कांग्रेसकी केन्द्रिय सदस्य एवं सभासद् प्रतिमा गौतम, सभासद् सोना परियार, काठमाडौं महानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामजी भण्डारी, कांग्रेसकी महाधिवेशन प्रतिनिधि भद्रा भण्डारी पराजुली, द्रोणा खड्का र प्रदेश क का सभापति ध्रुव केसी लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।


कार्यक्रममा आफनो धारणा राख्दै केन्द्रिय सह महामन्त्री आङ्देम्बेले  कांग्रेसलाई ब्यापक रुपमा परिमार्जन गर्ने तर्फ केन्द्रिय नेतृत्व लागि परेको बताउदै , उनले भने अब कांग्रेस चुप लागेर नबस्ने र नयाँ जोगीहरु संग कांग्रेस जस्तो ठूलो र पुरानो दलले डराउनु पर्ने स्थिती कहिले पनि आउँदैन ।
केन्द्रिय सदस्य एवं सभासद् गौतमले कार्यक्रममा बोल्ने क्रममा कांग्रेसमा देखीएको बेथितीहरुलाई जरै समेत उखेलेर फाल्नु पर्ने बताउँदै उनले भनिन पार्टीमा अब शुद्धिकरणको आवश्यकता भएको र यो प्रक्रियालाई केन्द्रीय तह भन्दा पनि तल्लो तह देखी नै परिमार्जन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउँदै उनले भनिन अबको आवश्यकता भनेको युवा हुन् उनीहरुलाई नै नेतृत्व तहमा पुर्याएर अगाडी बढाउनु पर्छ । अनि मात्र कांग्रेस कांंग्रेस जस्तो हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर