कर छलिमा विभागको छापा : एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लबका सञ्चालकहरु राजश्वको फन्दामा

- श्रावण ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई राजश्व अनुसन्धान विभागमा हाजिर हुन विभागले पत्राचार गरेको छ । सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ ।
विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभागका एक अधिकारीले जानकारी दिए । क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टी गरे ।

‘ठूलो करछलीको सूचना पछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौं,’ विभागका महानिर्देशक ढुंगानाले भने अरु अनुसन्धान हुन्छ ।’ विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ । फरक क्षेत्रमा हुने कर छलीका घटनामा विभागले सूक्ष्म निगरानी र आक्रामक अभियान सुरु गरेको पनि विभागका महानिर्देशक ढुंगानाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर