विश्व सेरोफेरो : पेट्रोल पम्पमा आगो लाग्दा २७ (सत्ताइस ) जनाको मृत्यु
- श्रावण ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
मस्को ।
रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् ।
आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ ।
रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।
दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताएका छन् ।
दुर्घटनाको खवर प्राप्त हुनेबित्तिकै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारी घटनास्थल पुगेर नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments