•  ११ पुष २०८१, बिहीबार

फिफा महिला विश्वकप २०२३ : सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्दै

- श्रावण ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

न्युजिल्याण्डको अकल्यान्डमा हुने महिला फुटबलको सेमिफाइनलमा मंगलबार स्पेन र स्वीडेन भिड्दै छन् । खेलमा दुवै टोलीले पहिलो पटक उपाधि जित्ने प्रयासमा गर्दैछन् । स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो भने स्वीडेनले यसअघि ५ पटक सेमिफाइनल खेलेको छ ।
स्वीडेनले सन् २००३ मा क्यानडालाई हराउँदै एकमात्र फाइनल यात्रा तय गरेको थियो । तर त्यसबेला टोली उपाधि जित्नबाट बन्चित भएको थियो । फाइनलमा जर्मनीले २–१ को जित निकाल्दै उपाधि जितेको थियो ।
स्पेन अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने सुरमा छ । यसअघि एकमात्र सेमिफाइनलको रुपमा सन् १९९७ को युरोपेली च्याम्पियनसिपमा स्पेनले इटालीसँग २–१ को हार बेहोरेको थियो ।
स्पेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा लगातार दुई युरोपेली प्रतिद्वन्द्वीलाई पराजित गरेको छ । स्विटजरल्याण्डलाई ५–१ ले हराएको स्पेनिस टोलीले नेदरल्यान्ड्सलाई २–१ ले स्तब्ध पारेको थियो । स्पेनले क्वाटरफाइनलमा जित हासिल गर्दा विश्वकपमा पहिलो पटक अतिरिक्त समय पनि खेलेको थियो ।
स्वीडेनले यी दुई टोलीको पछिल्लो ११ मध्य ७ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यी दुई टोलीले २०२२ को अक्टोबरमा खेलेको खेल १–१ को बराबरीमा सकिएको थियो । स्वीडेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा पछिल्लो तीन संस्करणको विजेता अमेरिका र जापानलाई हराएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर