•  ११ पुष २०८१, बिहीबार

बढि क्रेज कस्को महामन्त्री थापा कि मेयर बालेन ? : वाकशैली भन्दा कार्यशैली मनपराउन थालीयो

- श्रावण ३०, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

अहिले नेपाली राजनीतिमा भनौ वा नेपाली युवाहरुको माझमा को चर्चित भनेर नाम लिनु पर्दा नेपाली कांग्रेसका युवा महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) को नाम अगाडी आउँछ ।
राजनीतिको नाममा चर्चित बनेका कांग्रेसका युवा महामन्त्री थापा र स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएर महानगरको मेयरमा बिजयी प्राप्त गरेका बालेन ।

काम र यस प्रतिको लगावको कारण दिन प्रतिदिन नेपाली जनको मन मुटुमा बस्न सफल भएका बालेनले अहिले आफूलाई चर्चाको चुलीमा पुर्याएका छन् । त्यस्तै कांग्रेसको राजनीतिमा लागेर युवाहरुको मन मस्तिकमा आफनो वाक शैलीको प्रभाव छोड्न सफल भएका महामन्त्री थापाको क्रेज पनि त्यति कै छ राजनीतिक समाजमा ।


स्वतन्त्र उम्मेदवारी दिएर बिजयी प्राप्त गरेका बालेनले महानगरलाई बालेनमय बनाए । अनि देशको राजनीतिक बृत्त देखी विभिन्न समूहमा एक प्रकारको कुरा चल्न थाल्यो बालेन गर्दा महामन्त्री थापाको क्रेजमा लगाम लाग्ने हो कि भन्ने ।
राजनीतिक माहोल देखी आजित भएको जनमानसले आफनो स्वतन्त्रताको भरपुर प्रयोग गरेर जानेमाने राजनीतिक घरान देखी लिएर राजनीतिका धुरन्धर ब्यक्तिहरुलाई धुलो चुटाउन महानगरबासीले साथ दिएका थिए मेयर बालेनलाई ।

जसरी मेयर बालेनलाई काठमाडौैं महानगरबासीले साथ दिए त्यसैको दाँजोमा दुई दुई पटक महामन्त्री थापालाई पनि बिजयी पगरी गुथाए । र एक चोटी त कांग्रेसबाट स्वास्थ्य मन्त्री सम्म बने महामन्त्री थापा । जसरी मेयर पदमा बिजयी भएपछि बालेनले आफनो कामको माध्यमले आफनो क्रेज ह्वातै बढाए त्यसको दाँजोमा महामन्त्री थापाको पोल्टामा सत्ता र पार्टीको साँचो हुँदा हुँदै पनि केही गर्न नसकेको गुनासो उनकै क्षेत्रका जनमानसहरु देखी आम नेपाली जनमानसले बताउन थालेका छन् ।
पेशाले इन्जिनियर र लोकप्रिय र्यापरको रुपमा नाम कमाई राखेका बालेनले देखाएको कामको झट्काले अहिले महामन्त्री थापा केही रन्थनिएको भान गर्न थालीएको छ । बिशेषगरि कांग्रेस राजनीतिमा युवाहरु बिच चर्चित रहेका थापाले पहिलो पटक निर्वाचनमा होमिदाको क्षण बडो रोचक थियो । उनलाई काठमाडौंबासी आफनो मनमुटु ठानेका थिए । पहिलो निर्वाचनमा महामन्त्री थापाको जुन क्रेज देखीएको थियो । त्यो क्रेजलाई थापाले राम्ररी क्यास गरेका थिए ।

अहिले बिस्तारै जनतामा महामन्त्री थापा प्रतिको क्रेज हराउन थालेको हो कि भन्ने गाइगुँर्ई पनि सुनिन्छ । कारण एक त महामन्त्री भएपछि पार्टीको कामको कार्यव्यस्तताले हो वा उनी जनता माझ खुलेर जान नसकेकाले हो । अर्को राजनीतिले गर्दा उनलाई आफना कार्यकर्ताहरुको दायरा हेरफेर गर्नु परेको हो । त्यो त महामन्त्री थापालाई नै थाहा होला । भनिन्छ दिन पछि रात अवस्य हुन्छ । सधैँ दिन रहँदैन र सधैँ रात पनि यी परिवर्तनशिल कुरा हुन् ।

त्यही परिवर्तनका जड हुन् बालेन । अहिले जुन तरिकाले बालेनले आफूलाई जनमाझ प्रस्तुत गरिरहेका छन् । त्यसले महामन्त्री थापाको क्रेजलाई मात्र नभएर राजनीतिमा समेत असर गर्ने लक्षण देखीन थालेको छ । काठमाडौंको राजनीतिक छात्रबासमा आफनो दिन रात बिताएका महामन्त्री थापाले जसरी जनमानसहरुलाई आफनो वाककलाको माध्यमले आफूतिर तानेका थिए । त्यसको दाँजोमा उनले आफैले दिएको बचनलाई जनता माझ लान सकेनन् । किन कि उनी कांग्रेसको राजनीतिक दरबारमा अल्झिन पुगे ।


अहिले राजनीतिक दलका नेताहरु नयाँ र पुराना जोगीहरुको कुरा गर्न थालेका छन् । महामन्त्री थापाले पनि आफनो प्रत्येक भाषणहरुमा नयाँ र पुराना जोगीहरुको कुरा बेला बेलामा उठाउने गर्छन् । तर त्यसको प्रत्यक्ष असर कस्तो पर्छ भनेर सोच्नुपर्ने बेला थापा जस्तो युवा महामन्त्रीमा आई सकेको छ । परिवर्तन एकै चोटी हुँदैन भने झै बालेनले पनि काठमाडौं महानगरलाई परिवर्तन गर्दै लैजाने साहस गरेका छन् ।

महानगरको शिक्षा, स्वास्थ्य देखी विभिन्न कुराहरुमा परिवर्तनका ढाँचाहरुमा निर्माण गर्दै गएका मेयर बालेन अहिले यस्ता कार्यहरुमा बिस्तारै सफल पनि हुन् थालेका छन् । तर यही काठमाडौं बाट निर्वाचित भएका युवा महामन्त्री थापाले जनमानसको कुरा भन्दा पनि पार्टी र आफनो व्यक्तित्वको बारेमा मात्र सोच्न थालेको गुनासोहरु सुनिन थालेको छ ।

हो बालेन अपवाद हुन् । उनी परिवर्तन र बिकासका पक्षपाती हुन् भन्दा फरक नर्पला । यदि बालेनमा परिवर्तन र बिकासको सोच साथमा हुन्थेन भने उनी यो दौडबाट पहिले नै बाहिरी सकेका हुन्थे । तर त्यसो भन्दा कांग्रेसका महामन्त्री थापामा केही गुण छैन भन्न खोजीएको होइन । महामन्त्री थापाले आफूमा निहित शक्ति हुँदा हुँदै पनि राजनीतिक भकारीमा धान भर्न थालेकोले उनलाई नयाँ जोगीहरुले धक्का दिन थालेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर