मूल्य समायोजन : डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

- श्रावण ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर