नतिजा सार्वजनिक : कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
- श्रावण ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए ।
बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बताए ।
नतिजामा ४९ दशमलव शून्य नौ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गत वर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।
उनका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
गत वर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये दुई विषयसम्म एनएजी ९नन ग्रेडेड० आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments