अस्ट्रेलियामा ‘नइ नारी गौरवी पुरस्कार प्रदान
- श्रावण ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ ।
‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ नाम दिइएको सो पुरस्कार शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा अर्चना कोइराला तथा कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच सय डलर रहेको छ ।
सो अवसरमा अस्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने नारीलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेमा श्वेता मैनाली, उषाकिरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी रहनुभएको नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले जानकारी दिइन् ।
एनआरएनए, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिन आफूहरु लागिरहने बताए । सोही संस्थाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता सङ्घसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए । अष्ट्रेलियाका सांसद डोना डेविसले नइ एकेडेमी अस्ट्रेलियाको सो कार्यको प्रसंशा गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments