सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ नागरिक पक्राउ
- श्रावण ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले बुधबार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।
उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउपर्नेको सङख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुन सहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर यही मङ्गलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments