बाजेले बजाएको हार्मोनियमको तालमा भजन सुन्न भक्तजनहरुको भिड

- भाद्र १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिलेको कालमा सङ्गीत मन नपर्ने सायदै होलान् । संगीतले बालक भन्दैन न बृद्ध यसको रस कानमा पर्ने बित्तिकै कानको जाली उठी हाल्छ । यही संगीतको समुन्द्रमा डुबुल्की मारिरहेका छन् काभ्रे तिमालका दिप बहादुर रायमाझी (बा)। उमेरले ७६ टेकेका रायमाझी (बा) लाई संगीत त्यसमा पनि बाधवादन सबैभन्दा प्यारो बनेको छ । संगीतको समुन्द्रमा डुबुल्की मारिरहेको यो बृद्धको हरेक साँझ बिहान हार्मोनियममा औला चलाउँदैै बित्छ । उनले बजाएको हार्मोनियमको स्वाद लिन अहिले पशुपति मन्दिर छेउमा भक्तजन देखी बटुवाहरु झुम्मिरहेका हुन्छ । हार्मोनियमको माध्यमबाट विभिन्न भजनहरुमा संगीत भर्ने देखी नयाँ नयाँ संगीतको परिकल्पना गर्न तल्लिन हुने यो बृद्धले दैनिकी नै हार्मोनियमलाई बनाएका छन् ।

मनका केही व्यथा बताउने क्रममा सापकोट बा भन्छन् कुनै दिन थियो । सब परिवार एक साथ बस्ने । नाति नातिनाहरु सँग खेल्ने । हाँस खेलको परिवार थियो रे रायमाझी (बा को ।
प्रत्येक दिन पशुपति नाथ मन्दिर छेउमा भेटिने रायमाझी ( बा) को उमेरले नेटो काटे पनि उनमा भरिएको जोशमा कुनै कमि आएको छैन् । दैनिक जसो पशुपति मन्दिर परिसरमा भेटिने सापकोटा बा ले बजाएको हार्मोनियमको धुन सुन्न पशुपति छेउमा लामै लाइन लाग्ने गर्छ ।
मन्दिर छेउमा दुई हातले हार्मोनियमा भजनको तालमा संगीत भर्दा उनमा छुट्टै प्रकारको जोश आउने रहेछ । जीवन नै संगीतमा बिताउने आशा गरेका उनी कसै सँग केही पनि माग्दैन् । आफनो आन्नदको लागि मात्र मन्दिर छेउमा आएको बताउने रायमाझी (बा) का सन्तानहरुले आफै सँग बस्ने सल्लाह दिए पनि उनलाई एक्लो र संगीत जीवनको मोहले गर्दा आफू अरु सँग एक्लिएको बताउँछन् ।
पशुपति मन्दिर छेउको बाटोमा हिड्ने बटुवाहरुलाई उनले हार्मोनियममा भरेको संगीत एक पटक टक्क अड्याउँछ । आफनै सुरमा भजनहरुमा संगीत भर्ने रायमाझी ( बा) कसैले खुसी भएर हार्मोनियम माथि राखीदिएको पाँच दश रुपैँयाले नै आफनो दैनिकी चलेको बताउँछन् ।
दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसँग सङ्गीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर