शौचालयमा बिच्छीले लिंगमा टोके पछि लिंगको आधा भाग काटे युवकले
- भाद्र १, २०८० मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।
लिंग काटे पछि रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।
त्यसपछि बिच्छीलाई मारेर आफ्नो झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ ।
‘पाउडर, मल्हम किनेर लगाएँ तर रगत नरोकिएपछि अब मबाट हुँदैन भनेर अस्पताल गएँ,’ ‘अस्पतालको एकजना डाक्टरलाई अलग्गै बोलाएर भनेँ ।’ ती युवकका अनुसार उनी घर जाने क्रममा अबेला भएको, गाडीमा यात्रा गर्दा टाउको पनि दुखेको र घर जाने बाटोमा भएको सवारी दुर्घटना भएका कारण जाम पनि भएकाले होटलमा बास बस्नु परेको बताए ।
होटलको शौचालमा गएको बेला बेलुकी आठ बजेतिर बिच्छीले टोकेको उनले बताएका छन् । प्रहरीका अनुसार उनी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा राति पौने १२ बजेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments