•  ११ पुष २०८१, बिहीबार

खेल /क्रिकेट : सकियो निर्वाचन > ७७ जिल्ला मध्ये ४५ जिल्लाले क्यानको सदस्यता पाए

- भाद्र १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल क्रिकेट संघको जिल्ला निर्वाचन सम्पन्न भएको छ । ७७ जिल्ला मध्ये ४५ जिल्लाले क्यानको सदस्यता पाएका छन् । सबै ४५ जिल्लाको निर्वाचन सम्पन्न भएकोछ । गत वर्ष १९ र यस पटक २६ जिल्लाको चुनाव सम्पन्न भएको हो ।
आगामी तीन सातामा प्रदेशको चुनाव सम्पन्न हुने छ । त्यसपछि केन्द्रिय चुनाव असोजको पहिलो साता हुनेछ । प्रदेश र जिल्ला कार्यसमितिको चुनाव सम्पन्न भएपछि त्यहाँबाट आउने प्रतिनिधिले केन्द्रिय नेतृत्व चयन गर्नेछन् ।

केन्द्रिय चुनावमा यी ४५ जिल्ला, ७ प्रादेशिक क्रिकेट संघ, अम्पायर र स्कोरर संघ तथा प्रशिक्षक संघ र वर्तमान कार्यसमितिले मतदान गर्ने प्रक्रिया रहेको छ । क्रिकेट संघमा १७ कार्यसमिति सदस्य रहेपनि हाल उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामा दिए सँगै १५ सदस्यले मात्र केन्दीय चुनावमा मतदान गर्नेछन् ।

क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ । प्रदेशको जिल्ला र प्रदेशको मतभार विस्तृत रुपमा यसरी विभाजन गरिएको छ । प्रदेशको हकमा हरेक २ जिल्ला बराबर १ मत प्राप्त गर्नेछन् । त्यसका लागि प्रतिनिधि चयन गर्न भने प्रदेशको चुनाव हुनेछ ।
हरेक जिल्लाले केन्द्रको चुनावको लागि एक जना प्रतिनिधि पठाउनेछन् । प्रदेशको चुनावमा हरेक जिल्लाबाट चार प्रतिनिधिले भोट हाल्न पाउनेछन् । जिल्ला र प्रदेशबाट अध्यक्ष नै भोट हाल्न आउँछन् भन्ने हुँदैन । जिल्लाले र प्रदेशले अध्यक्ष वा अन्य कुनै सदस्यलाई प्रतिनिधिको रुपमा पठाउन सक्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर