कोशी प्रदेश : विश्वासको मतको लागि उपसभामुखले तोकिन ४ गते
- भाद्र १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आफूले ३ गते प्रस्ताव गरे पनि उपसभामुखले ४ गतेका लागि समय दिएको कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापाले बताएका छन् ।मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ भने ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ ।
सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले जानकारी दिएका थिए । ‘मैले ३ गतेका लागि सूचना दिएको थिएँ’ उनले भने, ‘सभामुखलाई समय तोक्ने अधिकार छ, उहाँको ४ गतेका लागि तोक्नु भयो ।’
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाका ६ जना सांसद छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments