अर्थ /कारोवार : २१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’
- भाद्र १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
गत आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव दुई प्रतिशतले बढेको थियो ।
त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४० दशमलव तीन प्रतिशतले बढेर चार लाख ९७ हजार सात सय चार पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या तीन सय ९२ प्रतिशतले बढेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा एक दशमलव आठ प्रतिशतले कमी आई दुई लाख ७७ हजार दुई सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या एक सय ९८ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments