कांग्रेस सभापति देउवाले दिए गहिरो समवेदना : पूर्वकेन्द्रीय सदस्य न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने
- भाद्र १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक शोक विज्ञप्ति जारी गरी पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता न्यौपानेको ७२ वर्षको उमेरमा आज मध्यबानेश्वरस्थित आफ्नै निवासमा निधन भएको जानकारी दिएका छन् ।
स्व न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ । उनको निधनमा कांग्रेसलाई अपूरणीय क्षति पुगेको मुख्यसचिव पौडेलले बताए । स्व न्यौपानेको श्रीमती र दुई छोरा छन् ।
कांग्रेसले नेता न्यौपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीनदिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने, भदौ ३ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने, र १३ औँ दिनमा सम्बन्धित दिनमा शोकसभा गर्ने जनाएको छ ।
न्यौपानको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । “कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ, उहाँको निधनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलन क्षति पुगेको छ”, सभापति देउवाले भनेका छन् ।
सभापति देउवाले न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments