शनिवारको खुराक : आधुनिक पहिरन र सजावटको एक नयाँ माध्यम बन्न थाल्यो बत्तिसपुतलीको “गाँजा स्टोर ”
- भाद्र २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अहिले गाँजालाई औषधिका रुपमा मात्र नभएर चिया देखी कपडाहरुमा समेत प्रयोग गरिन थालिएको छ । अहिले पनि पुराना मानिसहरूले औषधीको रुपमा सम्झिन्छन् गाँजालाई । तर अहिले त्यस्ता औषधि बन्दैन किनभने त्यसको प्रमुख तत्व नै गाँजा थियो। गाँजा प्रतिबन्धित भएपछि त्यो पनि बन्न छोड्यो ।
गाँजाको यही नयाँ प्रयोगको रुपमा गाँजा प्रेमीहरुका लागि अब गाँजा पिउने मात्र होइन पहिरने माध्यम पनि बनाइन थालिएको छ । गाँजाका विभिन्न उपयोगीताहरु मध्ये रहेको एक कपडा ।
हो त्यही कपडाको स्टोर अर्थात “गाँजा स्टोर ” को स्थापना अहिले काठमाडौं बत्तिसपुतलीमा गरिएको छ । गाँजाको माध्यमबाट विभिन्न जातीका कपडाहरुको आधुनिक स्टोरको रुपमा स्थापना भएको “गाँजा स्टोर ”ले गाँजा प्रेमीहरुलाई मात्र होइन यो भन्दा बाहेकका ग्राहकहरुलाई पनि गाँजाबाट बनेको कपडाको स्वाद चखाउने जर्मको राखेको बताउँछन् “गाँजा स्टोर ”का संचालक बिनायक राज पाण्डे ।
अहिले चर्चा र बहसको बिषयको रुपमा रहेका गाँजाको बारेमा फाइदाको बारेमा धेरै कुरा बाहिरीएका छन् । नेपालले सन् १९७६ मा लागुपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित लागेको थियो । तर अहिले गाँजाको प्रतिबन्धको बिषयलाई लिएर चर्चा परिचर्चा चल्ने गरेको छ ।
आम नागरिक मात्र नभएर अहिले उच्च वर्गका मानिसहरु पनि गाँजा माथि लागेको प्रतिबन्धलाई हटाउनु पर्ने कुरालाई खुल्ला बहसमा राख्न थालेका छन् । बेला युवा व्यवासायी पाण्डेले ल्याएको “गाँजा स्टोर ”को कन्सेप्टले पक्कै पनि गाँजा माथि लागेको प्रतिवन्ध तथा व्यवसायीक सफलतामा सहयोग पुर्याउने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments