नक्कली शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धानको सुरूवाती मै फालिए एआईजी ज्ञवाली

- भाद्र २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले सरकार जसरी उब्जिएका विभिन्न भष्ट्राचारका मुद्दाहरुलाई आफनै तहले किनारा लगाउने तौर तरिका अपनाउन थालेको छ । यस्तै भष्ट्राचारका बहुचर्चित मुद्दा मध्ये नक्कली शरणार्थी प्रकरण एक पर्न आउँछ । यही मुद्दालाई नजिकबाट नियाँलीरहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सहित अन्य एआईजीहरुलाई सरुवा गरिरहेको छ ।
मुद्दा कमजोर बनाएर दोषीलाई कार्वाहीको सट्टा उन्मुक्ति दिने प्रपञ्चमा अहिले सरकार पक्ष नै लागि परेको छ । यसको एक उदाहरणको रुपमा एआईजी ज्ञवालीको सरुवालाई लिन सकिन्छ ।
अहिले एआईजी ज्ञवालीको स्थानमा नेपाल प्रहरीको प्रशासन महाशाखाका एआईजी दिपक थापालाई पदस्थापन गरिएको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उनको अनुकुल मिलाएर सरुवा गरिएको प्रहरी मुख्यालय स्रोत बताउँछ । नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका एआईजी ज्ञवालीले दोस्रो चरणको अनुसन्धान सुरू गरेका थिए।

यस प्रकरणका थप पीडितहरूको उजुरी लिएर अनुसन्धान गर्न थालेपछि एआईजी ज्ञवालीको सरूवा गराउनका राजनितिक वृतबाटै चलखेल सुरू भएको देखीन्छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो।
त्यस्तै मानवस्रोतका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र टेकप्रसाद राइलाई मानवस्रोत विभागमा ल्याइएको छ। राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई असन्तुष्टि जनाएपनि सरकारको तजविजीमा उनको गुनासो सुनवाइ भएन। त्यस्तै एआईजी मिरा चौधरीलाई प्रशासनमा सरुवा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर