सम्झनामा बौद्धिक नेता : दार्शनिक राजनीतिका पक्षपाती स्वर्गीय नेता गिरि
- भाद्र २, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
नेपाली राजनीतिमा बौद्धिक नेतृत्वको खोजी गर्नुपर्दा जहिले एउटा व्यक्तिको नाम आउँथ्यो । त्यो नाम थियो नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय प्रदिप गिरि । राजनीतिमा लागे पनि कुनै पद र कुनै लाभमा ध्यान नदिई नेपाली राजनीतिलाई शिखरकोे विन्दूमा पुर्याउने अठोटका साथ लागेका स्वर्गीय नेता गिरिले यो धर्तीबाट बिश्राम लिएको १ वर्षको पुगेको दिन आज ।
नेपाली राजनीतिमा एउटा बौद्धिक र हक्की स्वभावका नेताको छवि बनाएका स्वर्गीय नेता गिरीको राजनीतिमा सम्झनाका पाटाहरु धेरै छन् ।
पूर्वी नेपालको सिरहामा जन्मिएका गिरी दर्शनशास्त्र र अर्थशास्त्रका ज्ञाता थिए । उनका बुबा नेत्रलाल गिरि नेपाली कांग्रेसका नेता थिए । बुबाबाट प्रेरित भएर सन् १९६१ मा कांग्रेस प्रवेश गरेका स्वर्गीय नेता गिरीले पञ्चायती शासनकालमा चार वर्ष जेल जीवन बिताएका थिए उनी नेता तथा कार्यकर्तामाझ लोकप्रिय नेता थिए ।
आफनो जीवनकालमा दुई दर्जनभन्दा बढी पुस्तक पनि लेखेका छन् । गान्धीवादी राजनीतिज्ञका साथै मार्क्सवादको व्याख्या गर्न सक्ने नेताहरूमध्ये उनी पर्थे ।
कांग्रेसको निडर नेताको उपमा पाएका स्वर्गीय नेता गिरिमा कहिले पनि पार्टीले आफ्नो बारेमा के सोच्ला भन्ने चिन्ता थिएन । कसैले यसलाई अराजक भन्छन्, कसैले वैचारिक भन्छन्, कसैले पार्टीभन्दा अलि माथि भन्छन्, त्यो आफ्नो ठाउँमा छ र हामीले उहाँबाट सरल जीवन जिउन सिक्नुपर्छ ।”
आफनो जीवनकाल भर नेपाली राष्ट्रियताको प्रवद्र्धन र जनताको अधिकार स्थापित गर्न खर्च गरेका गिरिले नेपाली कांग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेपाली राजनीतिमा गिरिको प्रतिबद्धता लोकतान्त्रिक समाजवादप्रति थियो । उनी प्रजातान्त्रिक समाजवादका दृढ चिन्तक थिए । उनको राजनीति दार्शनिक थियो । राजनीतिलाई सही दिशामा लैजाने, नेपालको राष्ट्रवादको प्रवर्द्धन र जनताको अधिकारको स्थापनामा गिरी जीवनभर निरन्तर लागिरहे ।
उनले नेपाली कांग्रेसमा समावेश गर्न सबै जाति, भाषा, धर्म, संस्कृतिलाई समान महत्व र स्थान दिनुपर्नेमा जोड दिए र नेपाली कांग्रेसले पनि यसलाई स्वीकार गरेको छ । देशले पनि स्वीकार गरेको छ ।”
गिरी जहिले पनि कांग्रेस र कम्युनिष्ट मिलेर देशको विकास गर्ने पक्षमा मत जाहेर गरिरहने व्यक्तित्वको रुपमा चिनिएका थिए र
निस्वार्थ नेताको रुपमा नाम कमाएका गिरिमा कुनै लोभ लालच थिएन । उनी सांसद भएर संसद्मार्फत सरकारलाई दबाब दिन चाहन्थे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments