दोस्रो टी–२० क्रिकेट : न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै यूएईको ऐतिहासिक जित
- भाद्र ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा यूएईले ऐतिहासिक जित निकालेको छ । यूएईले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।
दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । जितसँगै तीन खेलको शृङ्खला एकरएकको बराबरी भएको छ । पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । शनिबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि मार्क चापम्यानले सर्वाधिक ६३ रन बनाए । यूएईका आयान अफजल खानले ३ तथा मुहमद जवादुल्लाहले २ विकेट लिए । जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको यूएईले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । यूएईका कप्तान मोहम्मद वसिमले ५५ रनको अर्धशतकीय पारी खेले ।
न्युजिल्यान्डका टिम साउथी, मिचेल स्टेनर र केइल जेमिसनले एकरएक विकेट लिए । दुई देशबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आइतबार हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा शुरु हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments