नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दै
- भाद्र ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ ।
महासचिव घनश्याम भुसालल बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।
उनले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताइ । समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्षनेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्ने छ । पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको महासचिव भुसालले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments