मुख्य चाडपर्व नजिकिँदै गर्दा भारतद्धारा प्याजको निर्यातमा अवरोध : निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल
- भाद्र ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको छ । भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ ।
भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।
केही दिनयता आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि यस्तो निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।
नेपाली बजारमा अहिले प्याज प्रतिकिलो ६१ रुपैयाँ थोक मूल्यका खरिद बिक्री भइरहेको छ । नेपाल आलु प्याज व्यवसायी संघका अनुसार भारतको निर्णयले नेपालको बजार पनि प्रभावित हुनेछ । अहिले भारतबाट नेपालमा खरिद गरेर ल्याउँदा प्याजको प्रतिकिलो मूल्य ५० रुपैयाँ हराहारी पुग्ने गरेको संघका महासचिव प्रकाश गजुरेलले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments