एमालेको अडान कायमै : मिलेन कुरो – राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुँगीयो
- भाद्र ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाएको सिंहदबारमा बोलाएको राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठका बिना निष्कर्ष टुँगीएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन काण्ड आफनो कायम राखेकोले बैठक बिना निष्कर्ष टुँगीएको हो । एमाले सुन काण्डको छानविनको लागि उच्च स्तरीय छानविन टोलीको माग राखेर संसद अवरुद्ध गरिराखेको छ ।
उता प्रधानमन्त्री दाहाले सीआईबीको अनुसन्धानमा प्रभाव पर्ने हो कि भनेर आफूले सो कुरामा पहल गर्न नसकेको बताएका छन् ।बैठकमा प्रधानमन्त्री दाहालले भने अनुसन्धान प्रभावित नहुने र राज्यको एउटा प्रभावकारी अनुसन्धान गरिरहेको निकाय सीआईबीलाई विश्वास गर्नुपर्ने तर्क गरे।
प्रधानमन्त्री दाहालले एमालेको मागलाई लक्षित गर्दै सीआईबीको अनुसन्धानपछि छानबिन समिति बनाऔं न त भनेर प्रस्ताव गरे। प्रधानमन्त्रीले गरेको प्रस्ताव भने एमालेले अस्वीकार गरेको छ। एमालेका सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले पछि समिति गठन गर्ने प्रस्ताव गरेको तर आफूहरुलाई त्यो मान्य नहुने जवाफ दिएको बताए।
‘६० किलो सुन तस्करीको प्रकरणमा सत्तारुढ दलका नेताहरु संलग्न भएको कुरा छापामा आएको छ। यस्तो अवस्थामा पनि छानबिन समिति नबनाउनु सरकारको गलत नियत देखिन्छ,’ उनले भने, ‘पछिल्लो घटनाक्रमले पनि छानबिन समिति अपरिहार्य देखिएको छ। प्रधानमन्त्रीले अहिलेको सीआईबीको अनुसन्धानपछि गरौंला भन्नुभयो। तर हामीले यो अनुसन्धान प्रभावित नहुने गरी गरौं भन्यौं।’
आफूहरुको उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै रहेको उनले बताए। ‘भोलि नै प्रधानमन्त्रीले अर्को बैठक राख्ने भन्नु भएको छ। भोलि नै उच्चस्तरीय छानबिन समिति बन्छ भन्ने आशा गरेका छौं,’ उनले भने, ‘तस्करीको अन्त्य हुनेगरी उच्चस्तरीय समितिबाट ब्यापक अनुसन्धान हुनुपर्छ। अहिले जताततै भ्रष्टाचार र अनियमिता छ। तर सरकार उच्चस्तरीय छानबिन समिति नबनाएर सीआईबीमार्फत् सानाहरुलाई मात्र अनुसन्धान गर्ने देखिएको छ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments