राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल

- भाद्र ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार साँझ शितल निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । राष्ट्रिपति पौडेलले मंगलबारका लागि सर्वदलीय बैठक डाकेका छन् ।

सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर