सक्रिय बन्दै राष्ट्रपति पौडेल : संसदमा जारी गतिरोध हटाउन बोलाए सर्वदलीय बैठक

- भाद्र ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी गतिरोध हटाउन राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । बैठक मंगलबार बिहान साढे ८ बजे बस्ने जनाइएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर