बजारमा प्याजको अभाव : भारतको दादागिरीले नेपाली बजारमा असरमा
- भाद्र ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतले प्याज निर्यातमा लगाएको ४० प्रतिशत महसुल कारण अहिले नेपाली बजारमा प्याजको अभाव देखीन थालिएको छ । यही कारणले गर्दा प्याज व्यापारी प्याजको आयात रोकेका छन् ।
आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठका अनुसार ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्’, श्रेष्ठले भने ‘सबै पसलमा प्याज सकिएको छ । प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन ।’
कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन् ।
एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकर्ताहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए । ‘व्यवसायीले प्याज ल्याउन सकेको छैनन् । भएको प्याज सकियो’, महासचिव गजुरेलले भने, ‘अब आयात सहज नभई बजारमा प्याज उपलब्ध हुने अवस्था छैन ।’
आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो । आइतबार दिउँसैदेखि बजारमा प्याजको मूल्य मनपरी लिन थालिएको थियो । लगत्तै वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ ।
वाणिज्य विभागले भने भारतले कर थपेपछि प्याज नआएको हुन सक्ने भए पनि पहिल्यै आयात भएको प्याज पनि लुकाइएको हुन सक्ने अनुमान गरेको छ । कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments