नेपाल प्रहरी भन्छ : मोबाइल चोरी देखी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो

- भाद्र ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गर्ने क्रम बढेकोले सचेत रहन आग्रह गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले ठगीनबाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने बताए ।
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने समस्या अहिले आएका छन्,’ उनले भने, ‘एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या पनि ठूलो छ ।’

गत वर्षको माघदेखि यसवर्षको असारको मसान्तसम्म काठमाडौं प्रहरीमा ८ हजार ९सय २३ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले ५ हजार ९ सय ४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको बताए । साइबर शाखामा ३ सय ३२ वटा निवेदन प्राप्त भएको उनले बताए ।

पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाएर ठग्ने क्रम पनि बढेको भन्दै सचेत रहन उनले आग्रह गरे ।
उनले मोबाइल चोरीको निवेदन पनि पछिल्लो समय बढ्दै गइरहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर