अपराध / साइबर क्राइम : लोभले लाभ लाभले विलाप – ‘आइफोन’ उपहारको आश गर्दा आधा करोड ठगीमा परे महिलाहरु
- भाद्र ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
“तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ”, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्नेहरुको संख्या बढ्न थालेको छ ।
सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएप मार्फत पहिला सञ्जालमा जोडिन्छन् । अनि विभिन्न कुराहरु गर्न थाल्छन् । विस्तारै नजिकिंदै गएपछि विभिन्न माध्यमबाट प्रलोभनमा पार्ने काम हुन्छ । अहिले त्यस्तै प्रलोभन अन्र्तगत ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको समय आएको छ । त्यो प्रलोभनमा सबैभन्दा बढि लोभको फन्दामा अहिले महिलाहरु परेर ठगीएका छन् ।
पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गर्ने प्रचलन पनि अहिले ठगहरुले चलाएका छन् ।
झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन हुन्छन् । त्यसपछि ठगिएको चाल पाएका पीडित महिलाहरूले साइबर ब्यूरोमा जाहेरी दिन्छन् । त्यही जाहेरीका आधारमा साइबर ब्यूरोले खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको पत्ता लागेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए ।
प्राप्त जाहेरी माथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ ।
उनीहरुको साथबाट रु ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ । उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments