निकोटिन चुइङ्गम खरिदका लागि बजेट छुट्याइए पनि खरिदका लागि अनुमति नहुँदा समस्या : बन्द भयो ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सेवा
- भाद्र ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
वीर अस्पतालले सुरु गरेको चुरोट, खैनी, सुर्ती, गुट्खा लगायतका धूम्रपान तथा सुर्तीजन्य पदार्थ छाड्न दृढ इच्छाशक्ति भएकाहरुलाई निकोटिन थेरापीमार्फत् मुक्त हुन सक्ने प्रमाणित गरेको कार्यक्रम बन्द भएको छ ।
जेठ १७ गतेबाट वीर अस्पतालमा सुरु भएको थेरापी सेवा लिन युवादेखि वृद्धावृद्ध अर्थात् १६ देखि ७५ वर्षसम्मका सुर्तीजन्य पदार्थका अम्मली पुग्ने गरेका थिए ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत छुटाउन निकोटिन भएको चुइङ्गम दिइएको थियो । धूम्रपान तथा सुर्तीजन्य पदार्थ कति मात्रा सेवन गर्छन्, सोहीअनुसार निकोटिन चुइङ्गम दिइने गरेको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । लत छुटाउन प्रयोग गरिने निकोटिन चुइङ्गमले सामान्य असर गरेपनि क्यान्सर जस्ता दीर्घकालीन रोगहरूबाट बच्न सकिने थियो ।
‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ मा निकोटिन भएको गम, ट्याब्लेट चुइङ्गम लगायत सेवन गरिन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्न तलतल हुनेहरूलाई ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ ले काम गर्ने गरेको छ । डब्लूएचओका अनुसार धूम्रपान तथा सुर्तीजन्य पदार्थको अम्मलीमध्ये जम्मा ४ प्रतिशतले मात्रै छोड्न सफल हुने गरेको पाइएको छ । दिनमा १२ खिल्ली चुरोट सेवन वा २० पटकसम्म खैनी, सुर्ती, गुट्खा खानेलाई चार मिलिग्रामको निकोटिन युक्त चुइङ्गम दिइन्थ्यो ।
नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजारको मृत्यु हुने गर्छ । स्वास्थ्य अनुसन्धान परिषद्को नसर्ने रोग सम्बन्धी सर्वेक्षणमा २९ प्रतिशत वयस्कले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन सेवन गर्ने गरेको उल्लेख छ । डब्लूएचओका अनुसार विश्वमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष ८० लाखको मृत्यु भएको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले २५ हजार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ का लागि उपलब्ध गराएको चुइङ्गम सकिएपछि बन्द हो । अस्पताल व्यवस्थापनका अनुसार औषधि व्यवस्था विभागले नै नेपालमा निकोटिन चुइङ्गम खरिदका लागि अनुमति नदिएकाले खरिद गर्न समस्या भएको बताए । ‘डीडीएबाट एप्रुभल आयो भने अस्पतालले चुइङ्गम खरिद गरी ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ फेरी सञ्चालन गर्ने निर्देशक डा. पौडेलले बताए ।’
विश्व स्वास्थ्य सङ्गठनले थप चुइङ्गम नदिएकोले कार्यक्रम नै रोकिएको हो । अस्पतालले निकोटिन चुइङ्गम खरिदका लागि बजेट छुट्याए पनि प्राप्तिका लागि अनुमति नहुँदा समस्या आएको छ । करिब तीन महिना अवधिभर यस कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको उनको जिकिर छ । धेरै जनाले धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतबाट छुटकारा पाएको थिए ।
राष्ट्रिय सूचना तथा शिक्षा स्वास्थ्यले डब्ल्यूएचओसँग समन्वय गरी वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत छुटाउने कार्यक्रम स्थापना गरिएको थियो । ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’को क्रममा केही व्यक्तिले चुइङ्गमको स्वाद मन नपराएर वाकवाक आउने, बान्ता आउला जस्तो भयो भने । त्यसैले, पुनः थेरापीका लागि आउने धेरै कम मानिस थिए ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments