खेल /क्रिकेट : वर्षाको कारण खेल प्रभावित – चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा घरेलु टोली मलेसियाविरुद्ध नेपालको मध्यम ब्याटिङ
- भाद्र ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियाविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।
नेपालकी उपकप्तान इन्दु बर्मा २३ बलमा १३ रनमा क्रिजमा छिन् । उनलाई सीता रानामगरले १२ बलमा ९ रनमा साथ दिएकी छिन् । वर्षाको कारण खेल केहि समय प्रभावित हुँदा १८–१८ ओभरको हुनेछ । ओपनर पुजा महतो भने पहिलो ओभरको पाँचौं बलमा ऐना हामिजाह हासिमको बलमा एक रनमा एलबीडब्लू आउट भइन् । काजोल श्रेष्ठ २१ बलमा १ चौकासहित १८ रनमा आउट भइन् ।नेपालले सुरुवाती ६० बलमा बाउन्ड्रीको रुपमा एकमात्रै चौका प्रहार गरेको छ । कुवेतविरुद्ध नेपाल ६० बलसम्म बाउन्ड्री विहीन थियो ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किदा ईश्वरी विष्ट बेन्चमा बसेकी छिन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ । हङकङ ३ खेलमा४ अंकका साथ दोस्रो स्थानमाछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ र अश्मिना कर्माचार्य र खुशी डंगोल ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments