जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट हासिल भएका उपलब्धिलाई खेर फाल्न दिनु हुन्न : उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्का
- भाद्र ८, २०८० मा प्रकाशित
कासिन न्यूज
भक्तपुर ।
सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काल यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिएका छन् ।
केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा सजग रहन पनि उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले आग्रह गरेका छन् ।
देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,” उपप्रधानमन्त्री खड्काले भने , “यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”
सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।”
देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उहाँले सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले भने, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धि हासिल भएको हो । जनताकै मतबाट निर्वाचित भएर हामी आएका हौँ भन्ने भुल्नु हुँदैन ।”
उनले छालिङ जाने सडकका विस्तारदेखि स्मार्ट सिटी निर्माणको निर्णय नहुँदा जनतामा परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याका निकास निकाल्न पहल गर्ने बताए ।
चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको निम्न कुराहरु प्रष्ट्याएका थिए ।
कार्यक्रमा सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले समृद्ध नेपाल बनाउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै यहाँको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता र त्यसपछि सडकलाई प्राथमिकतामा राखेर जानुपर्ने आँैल्याउँदै यहाँको सडकको दुरावस्थाले कहाँ जाँदैछाँै भनेर अन्योल बनाएको टिप्पणी गरेका थिए ।
सांसद थापाले भने , “आगामी चार वर्षभित्र यहाँको मात्रै होइन चाँगुको सबै बाटोले पूर्णता पाओस्, भत्केको पाटी नगरकोटले छिट्टै पूर्णता पाओस्, देकोचा चाँगुनारायण, साँखु सडक, खरिपाटी ब्यारेक मत्स्यनारायण सडकले छिटो पूर्णता पाउनुपर्छ ।” उहाँले देशको आर्थिक स्थिति मजबुद बनाएर विकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिए ।
बागमती प्रदेशसभाका पूर्वमन्त्री कृष्णलाल भँडेलले स्मार्ट सिटीको अवधारणाले गति नलिँदा यहाँ जग्गा कित्ताकाट रोकिएको र यसले यहाँका जग्गाधनीलाई समस्या भएको बताए । महादेव खोला परियोजनाका नाममा आएको बजेटले भक्तपुरमा खानेपानी, सिँचाइ र विद्युत् उत्पादनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले चालु आवमा विनियोजन गरेको रु एक अर्ब ७९ करोड बजेटमध्ये अधिकांश विकासमै खर्च गर्ने बताए । उनले यहाँको बाटोको अवस्था देख्दा दुःख लागेको बताउँदै चाँगुनारायणको आर्थिक, पूर्वाधार, पर्यटनको विकास गरी सुविधा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments