महाजलयात्रा महोत्सव : ‘म्युजिक ब्यान्ड’ सहित बागमती नदीमा र्याफ्टिङ
- भाद्र ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले शनिवार बागमती नदीमा र्याफ्टिङ गरिएको छ ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोल लगायत संस्थाको सहकार्यमा बागमतीमा र्याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो ।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए । नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म छ किलोमिटर दूरीमा जलयात्रा गरिएको छ । पन्ध्र बोटमा एक सय ५० जनाले र्याफ्टिङ गरेका थिए । पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो ।
कार्यक्रममा सांसद ज्ञानबहादुर शाही, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव दीपेन्द्र पुरुष ढकाललगायत पूर्वसरकारी अधिकारी, पर्यटन व्यवसायी एवं स्थानीयको उल्लेख्य सहभागिता थियो ।
नाराका अध्यक्ष अधिकारीले बागमती नदी तथा यसका सहायक नदीको बिग्रँदो अवस्थालाई सुधार गर्दै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
उनले नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्धार र पुनःनिर्माण गरी काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments