हार्दिक श्रद्धाञ्जली कलाकार ताम्राकारलाई : छोराको वियोगले लियो ज्यान

- भाद्र १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गत असार २१ गते छोरा तथा अभिनेता सारुक ताम्राकारको निधन भएपछि पुत्र वियोगमा परेर बिरामी भएका कलाकार सानु ताम्राकारको शनिवार निधन भएको थियो ।
कलाकार तथा जादुगर ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको हो । २८ दिनदेखि काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचाररत रहेका शनिबार दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको थियो ।
‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारको एक श्रीमती एक छोरा थिए । छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गरेका थिए । छोराले आत्महत्या गरेयता उनी अस्वस्थ थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो । ताम्राकारको पार्थिव शरीरलाई कलाकार, आफन्त र शुभेच्छुकले लगायत थुप्रैले श्रद्धाञ्जली दिए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघको झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली दिए । ताम्राकारको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, दीपकराज गिरी, दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाल लगायत थुप्रै कलाकर्मी पशुपति पुगेका थिए ।
कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर