विश्व सेरोफेरो : जातीय घृणा – आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाए – तीन जनाको हत्या
- भाद्र १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
वासिङ्टन ।
जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।
“आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,” कानुन कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए ।
विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानी नभएको जनाइएको छ । आक्रमणकारी केही दिनअघि विश्वविद्यालय परिसरमा देखिएको थियो ।
आक्रमणको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीको कुनै आपराधिक वा अन्य सङ्गठित संस्थासँग कुनै संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट पुुष्टि भएको छ । अब केन्द्रीय जाँच ब्युरो (एफबिआई)ले घटनाको विस्तृत अनुसन्धान गर्नेछ । आक्रमाणकारी एक्लैले उक्त घटना गराएको हो ।
(रासस/ एपी)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments