पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई
- भाद्र १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
महेन्द्रनगर ।
नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल र पौडी विधामा देवीदल गणले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । यस्तै अछामस्थित गोरखबक्स गण द्वितीय तथा डोटीमा रहेको भैरवप्रसाद गण तृतीय भयो । गोरखबक्स गण भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा पहिलो स्थान हासिल गर्दै उपविजेता बन्यो ।
कैलालीको धनगढीस्थित तेघरी ब्यारेकमा आज आयोजित ट्रफी समापन समारोहमा सुदूरपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगिता अन्तर्गत श्री नंं २५ बाहिनी अड्डाले भलिबल, बक्सिङ र पौडी सञ्चालन गरेको थियो भने श्री नं ५ बाहिनी अड्डाले बास्केटबल, एथ्लेटिक्स, फुटबल, तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।
प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । ट्रफी अन्तर्गत श्री नं ५ र २५ बाहिनी अन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबल लगायतका खेल खेलाइएका थिए ।
समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी थापा, श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिपेशजङ्ग शाहलगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो ।
नेपाली सेनाले खेलाडीमा सामुहिक भावनाको विकास गर्न तथा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोट्स फर फ्रेन्डसिपका लागि बर्सेनि ट्रफी प्रतियोगिता आयोजना गर्दै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments