विश्व सेरोफेरो : उत्तर कोरियाली नागरिकका लागि सीमा खुला – केसीएनए
- भाद्र १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ ।
महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले नै सहज बनाइसकेका छन् ।
“विदेशमा रहेका नागरिकलाई स्वदेश छिर्न सहज बनाउने यो एक प्रमुख कदम हो,” अधिकारीलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले आइतबार जनाएको छ ।
राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले शनिबार एक घोषणा जारी गर्दै विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राख्दै विदेशमा रहेका उत्तर कोरियाली नागरिकहरुलाई ‘घर फर्कन अनुमति दिइएको’ बताएको छ ।
स्वदेश फर्केकालाई एक सातासम्म क्वारेन्टिनमा राखेर उचित चिकित्सकीय निगरानीमा राखिनेछ । सन् २०२० को सुरुमा कोभिड–१९ महामारी सुरु भएयता सीमा नियन्त्रणलाई कडाइका साथ लागू गर्ने पहिलो मुलुकमध्ये उत्तर कोरिया पनि एक हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments