नेपाल विद्यार्थी संघ आन्दोलनमा : विद्यार्थीको विदेश पलायनलाई “राष्ट्रिय संकट ” घोषणाको माग

- भाद्र ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इन्जिनियरिङ्ग शिक्षा राष्ट्र निर्माण र विकासको बलियो आधार हो । प्रत्येक वर्ष गुणस्तरीय इन्जिनियरिङ अध्ययनको निमित्त विद्यार्थीहरू ठूलो संख्यामा विदेशी शैक्षिक संस्थाको गन्तव्य तय गरिरहेका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि प्रति नेपाल विद्यार्थी संघले ने.वि.संघ आन्दोलनको स्वरुप “बालुवाटार घेराउ कार्यक्रम तय गरेको ने.वि.संघ केन्द्रीय सदस्य एनपी जोशीले बताएका छन् ।


नेता जोशीले भने, “सर्वसुलभ उच्च शिक्षा सम्पूर्ण नागरिकको नैसर्गिक अधिकार हो भने सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा राज्यको दायित्व पनि हो। तर राज्य यसबाट विमुख भएको हाम्रो ठहर छ।“ इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने हुँदा शुल्क वृद्धिको निर्णय निन्दनीय छ ।

साथै विगत ६ दिन देखि आमरण अनशन बसेका विद्यार्थी नेता सुलभ चापागाईको “जिवन रक्षा“ का निम्ति सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु, नेता जोशीले भने। शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा परिणत गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि नेपाल विद्यार्थी संघ निम्न मागहरू राख्दै आन्दोलित भएको हो ।

माग के के छन् ?
-सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने ।
-इ.अ.स को १४४ % अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरुन्तै फिर्ता लिनुपर्ने ।

त्रि.वि र इ.अ.स लाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने

-सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने ।

-विद्यार्थीको विदेश पलायनलाई “राष्ट्रिय संकट ” घोषणा गर्नुपर्ने ।


देशभरबाट प्रतिनिधित्व गर्ने विद्यार्थी साथिहरुले आ–आफ्नो क्याम्पसका समस्याहरुलाई “प्ले कार्ड ” मा समावेश गरि प्रदर्शन गरेका थिए। यदि सरोकारवाला मुखदर्शक भयो, वेवास्था गर्यो अथवा यथाशीघ्र माग सम्बोधन भएन भने देशव्यापी रुपमा आन्दोलनमा होमिने र त्यसबाट हुन जाने क्षतिको जिम्मेवार नेपाल सरकार नेविसंघको चेतावनी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर