•  २६ पुष २०८१, शुक्रबार

गौहत्याको विरोध : राप्रपाले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

- भाद्र १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरुद्धमा मंगलबार सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर