•  २६ पुष २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची

- भाद्र १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।

यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर