विचार / शिक्षा : शिक्षित युवाहरु पलायन हुनु र्दुभाग्य – कारक तत्व भनेको भष्ट्र प्रशासन तथा निरिह राजनितिक क्षेत्र

- भाद्र १२, २०८० मा प्रकाशित


राज कुमार लामा

अहिलेको विश्व भनेको आधुनिक र प्रविधिमय बातावरणमा रम्ने खालको छ । त्यसमा पनि यसको एउटा पाटो भनेको शिक्षा हो । अहिले शिक्षा बिना केही हुँदैन भन्ने मान्यता फैलीदै गइरहेको छ । विश्व बजारमा जसलाई जहाँ गएर पनि अध्ययन गर्न पनि स्वतन्त्र छ ।
यो मान्यताले गर्दा पनि हरेक वर्ष नेपाली बिधार्थीहरु अध्ययनको लागि बिदेशीने क्रम बढ्दो छ । यसको मूल कारण भनेको नेपालमा दिइने शिक्षा पनि हो । यहाँको कमजोर शिक्षा प्रणाली र आवश्यकिय भौतीक सामाग्रीहरुका कारण पनि नेपाली बिधार्थीहरु शिक्षाको लागि बिदेशिने त्रम बढ्दो छ ।
देशमा बस्न नै रुचि नलागेर उनीहरू बिदेशीयका हुन् भने यसमा विषयगत सुधार मात्र पर्याप्त हुँदैन, नेपालमा नेपालीपन सहितको युवा निती लागु हुन सकेको छैन देशको समग्र राजनीति प्रणालीमा सुधार संगै विधिको शासन कायम हुनुपर्छ ।

निरपेक्ष रूपमा हेर्दा शिक्षा र सीपका लागि नेपाली विद्यार्थीहरू विकसित मुलुक पुग्नु निश्चय पनि सकरात्मक पक्ष हो । तर अन्य मुलुकहरूको दाँजोमा नेपाली विद्यार्थीहरू यति ठूलो संख्यामा बिदेसिनु चाहिं स्वाभाविक विषय पक्कै होइन । यसका कारण समग्र शिक्षा प्रणालीमा सुधार गर्ने प्रयास नगर्नु हो । राज्यका सम्बन्धी निकायले ढिला नगरी नेपाली बिधार्थीहरूको बढदो पलायन लाई यथोचित कदम चाल्नु पर्छ।
देशलाई केही दिन सक्ने उच्च शिक्षित युवाहरु पलायन हुनु र्दुभाग्य हो,तर निकम्मा भष्ट्र प्रशासन तथा राजनितिक क्षेत्र यसको उपचार खोज्ने भन्दा बैदेशिक बिप्रेशषणमा जोड घटाऊमा ध्यान केन्द्रित हुन्छन हाम्रा शासकहरू ।
युबापुस्तामा यति धेरै निराशा देख्छु कि शिक्षा क्षेत्रमा गरिने केही सुधारले मात्र त्यो निराशाको समाधान नहुन सक्छ भन्छिन् छोरालाई वैदेशिक शिक्षाको बिदेश पठाउन एअरपोर्ट आएकी सुष्मा सुवेदी ।


दीर्घकालीन योजना सहित राजनीतिक स्थिरता पहिलो शर्त हुन आउँछ । विदेशमा अध्ययन सकिनासाथ रोजगार पाउने सम्भावना भएकोले पनि पछिल्लो समय नेपाली बिधार्थीहरू लोभिएका छन ।
अन्य कारकहरू, जस्तै अधिकांश विश्वविद्यालयहरूले शैक्षिक क्यालेन्डरहरूको नियमको पालना नगर्ने, परीक्षा तालिका आउनै वर्ष दिन पर्खनु पर्ने कलेजमा राजनीतिका कारण नियमित पढाइ नहुने,समय सुहाउँदा बिषषगत कोर्स आदि कारणहरू हुन ।
शैक्षिक संस्थाहरूले समयनुकुल शैक्षिक गतिविधिहरू सञ्चालन नगर्ने यि यस्ता विसंगतिहरूले पनि विद्यार्थीहरूलाई विदेश जान उस्काईरहेको छ। विगत लामो समयदेखि नेपाली विद्यार्थीहरु उच्च शिक्षा प्राप्तिका लागि विकसित देशहरुमा अध्ययनका लागि जाने संख्या ह्वातै बढेका छन् । मुख्यतः क्यानडा बेलायत, अष्ट्रेलिया न्युजिल्याण्ड र अमेरिका नै पहिलो गन्तव्य स्थाल बनेको छ ।
नेपालमा विद्यार्थीहरूलाई पढाइ संगै रोजगारको अवसर त्यति छैन । सबैको आर्थिक स्थिती समान छैन । बिधार्थीहरूले आफ्नो डिग्री पूरा नगरेसम्म अध्ययन गरिरहनु पर्ने हुन्छ।बिकशित मुलकमा पढाई र रोजगारी संग संगै लान सकिन्छ बिकाशित मुलुकमा आकर्षण हुनु यो पनि एक कारण हो बिमानस्थालमा कुरा गर्ने क्रममा बिधार्थी रोम भट्ट बताउछन ।

गुणस्तरीय शिक्षामा नेपालको सीमित पहुँच छ। नेपालमा धेरै प्रतिष्ठित शैक्षिक संस्था भए पनि उपलब्ध सिट संख्या सिमित छ, प्रतिस्पर्धा उच्च छ । यसको मतलब धेरै योग्य विद्यार्थीहरूलाई प्रवेश गर्न राजनितिक पहुँच चाहिन्छ ।

विश्वव्यापीकरणको समयमा नेपाली विद्यार्थीहरू अन्यत्र देशमा गएर अध्ययन गर्नु हाम्रो समाजले सकारात्मक रूपमा लिनुपर्छ, नेपालमा अध्ययन पछि प्राप्त डिग्री र सिप नेपाली बजारमा नबिक्ने स्थितिले पनि नचहदा नचहदा,म जस्ता कैयन बिधार्थीहरू विदेश जानु परेका छ ्र हामी थोडी खुशी छु, परिवार आफन्त साथीभाई र जन्म भुमि छडनु पर्नेको पिडा के, म मा पनि छैन होला ! भावुक हुदै नबिकरणिय उर्जा अध्ययनका लागी क्यानडा जान बिमानस्थालमा सुरक्षा जाँचको लागी पालो कुरीरहेको बिधार्थी निलिम सुबेदी भन्छन ्र

विदेशमा बिधार्थीले पाउने सुविधा नेपालको तुलनामा निकै बढी छ । त्यसैले स्थायी रूपमा वा लामो समयसम्म बस्न विदेशमा अध्ययन गर्न रूचाउछन नेपाली बिधार्थी हरू सिल्क एजुकेशन कन्सलटेन्सीका संचालक बसन्त घिमिरे ।

शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटताका कारण अपेक्षित रूपमा शिक्षा क्षेत्रमा राज्यले नतिजा निकाल्न सकिरहेको छैन ्र यही अबस्था रहिरहने हो भने शिक्षा क्षेत्रको लगानी अझै स्वाहा हुने क्रम रोकिने छैन ्र

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर