फिचर / गरे के हुँदैन ? भैसीपालक दाजुभाईले प्रयोग गरे विदेशमा सिकेको सीप
- भाद्र १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
वालिङ (स्याङ्जा ।
रोजगारीको सिलसिलामा १० वर्ष कोरीयामा बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएर उदाहरण बनेका छन् ।
व्यावसायिक रुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य बताउछन् । “कोरियामा रहँदा गाई फार्ममा काम गर्दाको सीप तथा अनुभव हामीसँग थियो”, उनले भने , “विदेशमा सिकेको सीपले आज आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा सहज भएको छ ।”
सुरुआतमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थालेका थिए । हाल उनको ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ फार्ममा माउ ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन् । हाल ५० भैँसीले दूध दिइरहेका छन् ।
“अहिले दैनिक तीन सय ५० देखि तीन सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ”, आचार्यले भने , “प्रतिलिटर दूध रु एक सय पाँच देखि रु एक सय १० सम्म स्थानीय बजारमा खपत हुने गरेको छ ।”
मासिक रु ११ लाख बराबरको दूध बिक्री हुने गरेको छ । भैँसीलाई दानापानी तथा कामदारको पारिश्रमिकमा रु सात लाख खर्च हुने गरेको छ । फार्ममा छ जनाले रोजगारी पाएका छन् । सुरुआतमा रु एक करोड लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म रु तीन करोड लगानी भइसकेको उनले बताए ।
“सात रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक गोठ, भण्डारण कक्ष, कामदारका लागि आवास कक्ष, कार्यालय, भान्साकोठा, शौचालय र तारबार गरी संरचना निर्माण गरेका छौँ”, आचार्यले भने , “यसलाई अझै व्यवस्थित गर्नका लागि करिव रु डेढ करोड लगानी गर्ने तयारीमा छौँ ।”
अहिले दूधमात्रै उत्पादन र बिक्री हुँदै आएकामा यसलाई थप विस्तार गरी दूधजन्य अन्य परिकार पनि उत्पादन गर्ने तयारीमा आफूहरु रहेको अर्का सञ्चालक वीरेन्द्र आचार्यले बताए । दूध मात्रै बिक्री गरेरभन्दा पनि अन्य दूधजन्य परिकार उत्पादन गर्न सके आम्दानी अझै बढ्ने भएकाले सोही तयारीमा रहेको उनी बताउँछन् ।
भैँसीपालनका लागि अत्यावश्यक घाँस एक सय रोपनी क्षेत्रफलमा रोपिएकाले पनि घाँसमा लगानी गर्नु नपरेको आचार्यले बताए । फार्मले ८० रोपनी जग्गा भाडामा लिएको छ । “फार्म सञ्चालन गरेका व्यवसायीलाई अनुदान होइन लगानीकर्तालाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराए थप लगानी गर्न प्रोत्साहन पुग्ने थियो”, उनले । युवा स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशी भूमिमा पलायन भइरहेका बेला राज्यले बेलैमा सोच्नुपर्ने बेला आएको आचार्यको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments