खेल / क्रिकेट : एसिया कप – नेपालको कमजोर सुरुवात, दोस्रो ओभरमै तीन विकेट गुमायो
- भाद्र १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भइरहेको एसिया कपमा नेपालले दोस्रो ओभरमै तीन विकेट गुमाएको छ।
पाकिस्तानले दिएको २४३ रनको लक्ष्य पछाउँदै ब्याटिङमा उत्रिएको नेपालले एकपछि अर्को लगातार विकेट गुमाइरहेको छ।
पहिलो ओभरमा कुशल भुर्तेल र रोहित पौडेललाई गुमाएको नेपालले दोस्रो ओभरको चौथो बलमा आसिफ शेखलाई गुमाएको हो। आसिफ पाँच रन बनाउँदै आउट भएका हुन्। उनको विकेट नसिम साहले लिएका हुन्।
पहिलो ओभरको पाँचौं बलमा नेपालका ओभनर कुशल भुर्तेल आउट भएका थिए। भुर्तेल ८ रन बनाएर आउट भएका हुन्।
यस्तै छैठौं बलमा कप्तान रोहित पौडेल आउट भएका थिए। उनी शून्य बलमा आउट भएका हुन्। पाकिस्तानका बलर साहिन अफ्रिदीले दुवैको विकेट लिएका हुन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments