देशको अर्थतन्त्र जटिल अवस्थामा धकेलिँदैछ : अध्यक्ष ढकाल
- भाद्र १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन्।
बुधबार आयोजित निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, ‘कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ।’
उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यसबाट परिस्थिति बिग्रिँदै गएको बताए।
सो कार्यक्रममा मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘विगतमा पनि कहिले नेपाल श्रीलङ्का हुने भयो भन्ने त्रास देखाउने र अनावश्यक नीति अख्तियार गर्ने तथा कहिले निर्यात प्रतिबन्धजस्ता कुरामा हामीले सरकारलाई सुझाउँदा व्यापारीले आफ्ना मात्र कुरा गरे भन्ने आरोप लाग्ने गरेकाले यस्तो अवस्था आएको हो।’
पहिलेदेखि र अहिले पनि मुलुकको निजी क्षेत्रले कहिल्यै पनि आफ्ना मात्र कुरा राख्ने नगरेको र यो नीतिगत सुधारदेखि लिएर सबै कुरा आफूहरुले समग्र मुलुककै अर्थतन्त्रको सुधारका लागि राख्ने गरेको उनले स्पष्ट पारे।
उनले भने, ‘सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो। समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ। नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामक निकाय सबै एकै ठाउँमा आउनुको विकल्प छैन।’
उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे। उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments