विश्व सेरोफेरो : गाबोनमा सेनाद्वारा सत्ता कब्जा, राष्ट्रपति बोङ्गो परिवारको ५३ वर्षे शासनको अन्त्य
- भाद्र १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ ।
सेनाका अधिकारीहरूले गएको चुनावको नतिजा रद्द गरेको बताएका छन् । चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएको घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
यो विद्रोहसँगै देशमा बोङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ । समाचार एजेन्सीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उनको घरमा हिरासतमा राखिएको बताएको छ । सेनाका अधिकारीहरूले ग्याबोनको सीमा बन्द गरिएको बताएका छन् ।
राजधानी लिब्रेभिलमा बुधवार बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए । ग्याबोन प्राकृतिक तेलको स्रोतमा धनी देश हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments