गज्जब छ हाम्रो गौशला : झम्केफुली देखी तेस्रो लिंगीहरुको तिर्थस्थल बन्न थाल्यो > देखादेख गरेर बस्छन् सरोकारवालाहरु
- भाद्र १४, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
झापाका कृष्ण थापा काठमाडौं छिरेको ५ दिन मात्र भयो । ३२ वर्षिय थापा वैदेशीक रोजगारीको लागि काठमाडौैं छिरेका हुन् । गौशला देखी एअरपोर्ट जाने रोडको पल्लो छेउमा रहेको एक होटलमा बसेका छन् उनी । कासिन न्यूज सँगको कुराकानीमा उनी भन्दै थिए गज्जब रहेछ गौशला ।
गज्जब रहेछ गौशला ? उनको मुखबाट यो लब्ज झर्न नपाउँदै यो स्तम्भकारको मनमा भिन्दै प्रकारको कौतुहलता छायो । त्यति कै चुप लागेर बस्न मन लागेन । उनको प्रश्नको उत्तर उनकै मुखबाट सुन्ने जिज्ञासा बढ्न थाल्यो । उनलाई सोधी हाले किन गज्जब छ गौशला ? केही लाज माने जस्तो गरेर उनले बिस्तारै जवाफ दिन थाले ।
अहिले के देखीन्छ यहाँ तपाई बेलुका आउनुहोस् आफै सबै दृष्यलाई कैद गर्न सक्नु हुन्छ । फेरी पनि निकै बेरको करकाप पछि उनले भने यहाँ सबै थोक पाँइदो रहेछ । तपाईको गोजीमा दाम हुनुपर्छ गौशलाले तपाईलाई भरपुर मजा दिन्छ । मजा भन्नाले के हो प्रश्न भुँइमा खस्न नपाउँदै उनको जवाफ यहाँ सुख प्राप्त हुन्छ जस्तै यौन सुख देखी अन्य सुख । तपाई मस्त जवानी भएकी देखी तेस्रो लिंगी सम्मको चरमसुखमा डुब्न सक्नु हुन्छ । पैसो चाँही कति लाग्दो रहेछ नि भन्दा उनले भने मैले त त्यस्तो गरेको छैन् तर पनि बजारीया हल्ला सुन्दा ५ सय देखी ५ हजार सम्म डिल हुन्छ । उता तेस्रो लिंगीको रेट अल्गै छ । उनीहरुको रातभरि ५ हजार हो भने १ देखी २ घण्टा मैथुन गराएको १ हजार रहेछ ।
यो हो थापाले भोगेको अनुभव हो । अहिले काठमाडौंको गौशला विभिन्न हिसाबले महत्वपूर्ण मानिँदै आएको छ । वैदशीक रोजगारमा जानेको थलो देखी धार्मीक महत्व बोकेको गौशलामा हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर देखी विभिन्न अन्य बस्तुहरुको अवलोकन गर्न पाइन्छ ।
तर धार्मीक भन्दा पनि अन्य मान्यताले रंगिन थालेको छ गौशला । गोजीमा टन्न दाम हुनेले गौशलामा मजाको आन्नद लिन पाउँछन् । जसका माध्यम बनेका छन् यहाँ बग्रेल्तीमा रुपमा खुलेका होटल तथा लजका सञ्चालकहरु । ग्राहकको भरपूर आन्नदको जिम्मा लिएका यस्ता होटल तथा लजका सञ्चालकहरु ढुक्क सँग दिन र रातमा आफनो धन्दा चलाउन मस्त हुन्छन् ।
भने उता यस्ता कार्यहरुको विरुद्ध अभियान चलाउने नेपालको ठूलो संस्था माइती नेपाल देखी नागरिकको सुरक्षाको जिम्मा लिएर बसेको नेपाल प्रहरीको गौशला प्रभाग मुकदशक मात्र छ ।
गौशला प्रभागका एक प्रहरी कर्मचारीलाई सोधीएको प्रश्नको जवाफमा उनले भने हामीलाई जानकारी हुँदा हुँदै पनि केही गर्न सकेका छैनौ । बेला बेला अभियान चलाएर लागे पनि यौनजन्य कार्य गर्ने र गराउनेलाई निर्मूल गर्न सकिएको छैन् । उता महिलाहरुको हक हितको लागि खोलीएको गैरसरकारी संस्था हो माइती नेपाल ।
यो संस्थाले बेचिएका चेलीबेटीको उद्वार गर्ने गरेको छ । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा लागेको यो संस्थाले पनि आफनै आँगन अगाडीको कुकृत्य देखादेख मात्र गरिरहेको छ ।भने उता यौनजन्य कार्य गरेर आर्थिक लाभ गर्नेहरुको संख्या दैैनिक जस्तो बढ्दो छ गौशलामा । केही दिन यता प्रहरीले यौनकर्मीको खोजीमा अरु बढी सक्रियता देखाएको छ । सादा पोशाकमा खटिएका प्रहरीले धमाधम यौनकर्मी पक्राउ गरेको खबर पनि छाइरहेको छ ।
हुन त यौनकर्मी एवं देह व्यापारबारे निरन्तरजसो खबरहरु आइरहन्छ । खुलमखुला यौनजन्य गतिविधि गर्नु हामीकहाँ कानुनी मान्यता छैन । त्यही कारण यसलाई कानुनको नजरले ‘अपराध’ देख्छ । अतः अपराध नियन्त्रणका लागि यौन अखडामा छापा मार्नेदेखि यौनकर्मी पक्राउ पर्नेसम्मका सिलसिला जारी रहन्छ ।
वर्षौ–वर्षदेखि यौनजन्य गतिविधि हुने र प्रहरीले पक्राउ गर्ने क्रम चलिरहेको छ । कानुनले स्पष्ट रुपमै बर्जित गरेको यस्ता गतिविधिप्रति समाजले पनि नाख खुम्च्याउने गरेको छ । अर्थात समाजको बुझाई यौनकर्म घृणित, लज्जित, खेदजनक काम हो । यो किन बुझेन हाम्रो गौशलाले ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments