विश्व सेरोफेरो : मनिलाको एक घरमा आगलागी हुँदा घर मालिक सहित १५ जनाको मृत्यु
- भाद्र १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक पत्रकार सम्मेलनमा मनिलास्थित दुई तले भवनमा स्थानीय समयअनुसार बिहान पाँच बजे आगलागी भएको जानकारी दिए ।
नगरप्रमुख जोय बेलमोन्टेका अनुसार आगलागीको समयमा १८ जना घरभित्र थिए । उक्त आगलागीमा परेका तीन जनाले भागेर ज्यान बचाएका तर बाँकीको मृत्यु भएको छ, उनले भने । मृत्यु हुनेमा घर र कारखानाका मालिक परेका बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरेको आगोको भिडियो फुटेजमा एउटा आवासीय क्षेत्रमा रहेको काठ र कङ्क्रिटले बनेको भवनमा आगोको ज्वाला लागेको देखिएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको बानागाले बताए ।
उक्त भवनमा जुत्ता र ब्यागको व्यापारका लागि व्यवसायिक स्वीकृति दिइएको थियो तर उक्त स्थानलाई टिसर्ट बनाउन र प्रिन्ट गर्न प्रयोग गरिएको अधिकारीहरूले बताएका छन् । यसमा तीन जना मात्र घोषित कर्मचारी थिए ।
“हामीले यहाँ धेरै कानुनी उल्लङ्घनहरू देखेका छौं,” बेलमोन्टेले भने । “हाम्रो शहरमा यस प्रकारको दुःखद घटना हुनुको कारण अवैध व्यवसाय सञ्चालन र सुरक्षा विधिसहित कैयौँ कुराको उल्लङ्घन भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,” उनले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments