कैलाश पर्वतको रहस्य : सनातनीको लागि शिवजीको वासस्थान, नासाले भन्छ रहस्यमयी पर्वत
- भाद्र १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कैलाश पर्बत एउटा रहस्यमयी पर्वत हो। हामी सनातनीहरूले कैलाशमा शिवजीको वासस्थान छ भनेर मान्दछौं।
नासाका वैज्ञानिकहरूले यसलाई रहस्यमयी पर्वत मान्दछन् भने रूसी वैज्ञानिकहरूले कैलाश पर्वत वारे आफ्नो प्रतिवेदन पेश गरेकाछन्।
वैज्ञानिकहरूले यहाँ शिवको वास छ भनेर त मान्दैनन् तर यो एउटा अलौकिक शक्तिको केन्द्र हो भनेर चाहिँ मान्दछन्।
कैलाश पर्वतको रहस्य !
१) आजसम्म कुनै पनि मानिस यस पर्वतको शिखरमा पुग्न सकेका छैनन्। एघारौँ शताब्दीमा तिब्बतका योगी मिलारेपी यहाँ पुगेको कुरा रसियाका वैज्ञानिकहरूले यूएन स्पेशियल म्यागजीनमा प्रकाशित गरेको भएता पनि योगीले यस वारे केही भनेका थिएनन् वा भन्न चाहेनन्।
२) रूसी वैज्ञानिकहरूको मान्यता छ कि कैलाश पर्वत आकाश र धरतीको यस्तो केन्द्रमा छ कि जहाँवाट धरतीको चारै दिशा देखिन्छ। उनीहरूको दाबी यो छ कि यो स्थान एक्सिस मुंडी ९पृथ्वीको केन्द्र भएर जाने रेखा वा तना जो यसको सतहलाई पाताल र स्वर्गसँग जोड्दछ र जसको चारैतिर ब्रह्माण्ड घुम्छ० हो। यसलाई विश्वको केन्द्रको रूपमा पत्ता लगाइएको वा मानिएको छ। यसै स्थानवाट मानिसले सजिलैसँग अलौकिक शक्तिसँग सम्पर्क गर्न सक्छन्। धरतीको यो स्थान अत्यन्त शक्तिशाली उर्जाले भरिएको स्थान हो।
३) यहाँ दुईवटा तालहरू छन्। मानसरोवर ताल र राक्षस ताल। यसको रहस्य अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन्। मानसरोवर सफा र पवित्र जलको ताल हो। यसको आकार सूर्य जस्तै छ भनिन्छ। राक्षस ताललाई अपवित्र मानिन्छ। यसको आकार चन्द्रमा जस्तो छ।
४) कैलाश पर्वतको उच्चतम शिखरमा सशरीर कोही पनि पुग्न सक्दैनन्। भनिन्छ, यहाँ देवताहरूको वास भएको छ। पवित्र सन्तहरूको आत्मालाई नै यहाँ वास गर्ने अधिकार दिइएको छ।
५) कैलाशवाट हिऊँ पग्लेर झर्दा डमरूको आवाज जस्तै सुनिन्छ। यसलाई कतिपय सज्जनले सुनेका छन् भनेर बताइएको छ। तर यस रहस्यलाई पनि अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन्।
६) कयौँ पटक कैलाश पर्वतको आकाशमा सात किसिमको प्रकाश देखिएको छ। नासाको मान्यता छ कि यहाँ अत्यधिक चुम्बकीय शक्ति छ र आकाशसँग मिलेर यसले यस्तो चमत्कारिक रहश्यहरुको निर्माण गर्दछ।
७) यस पर्वतको चार दिशावाट चार नदीहरू उद्गम भएका छन्। ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्णाली। कैलाश पर्वतको चार दिशामा चार मुखहरू छन। पूर्वमा अश्वमुख, पश्चिममा हात्ती मुख, उत्तरमा सिंह मुख र दक्षिणमा मयुर मुख।
८) कैलाश पर्वत र मानसरोवर क्षेत्रवाट निरन्तर प्लेन उडे जस्तो आवाज निस्कन्छ। यसलाई एकाग्रचित्त भएर ध्यानले सुने यो आवाज ॐ को ध्वनि जस्तो सुनिन्छ। वैज्ञानिकहरूको भनाई अनुसार यो ध्वनि हिऊँ पग्लेको हो। अथवा, प्रकाश र ध्वनि बीच यस्तो समागम हुन्छ कि त्यसवाट ॐ को ध्वनि निस्कन्छ।
९) कैलाश पर्वतलाई सनातन धर्मको केन्द्र मानिन्छ। यहाँ कयौँ सिद्ध पुरुष, साधु -सन्तहरूले टेलीप्याथीको माध्यमवाट देवी-देवताहरूसँग सम्पर्क गर्ने गर्छन् भन्ने मान्यता रहेको छ। पृथ्वीमा यो आध्यात्मिक उर्जाले भरिपूर्ण पवित्र तीर्थ स्थल हो मानसरोवर।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments